ब्रोडवे इन्फोसिसले छनौट गर्‍यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति

17 Dec, 2020
ब्रोडवे इन्फोसिसले छनौट गर्‍यो दशैं अफरका विजेता, ३ जनाले पाए पूर्ण छात्रवृत्ति

नेपाल तथा अमेरिकामा आइटी ट्रेनिङ प्रदान गर्दैं आइरहेको संस्था ब्रोडवे इन्फोसिसले दशैं अफरका विजेता छनौट गरेको छ । कम्पनीले गत असोजमा दशैं तिहार अफर सार्वजनिक गरेको थियो । 

कम्पनीले दशैं अफरको पोष्टलाई पब्लिकली शेयर तथा ३ जना साथीलाई ट्याग गर्नुपर्ने जनाएको थियो । उक्त दशैं अफर अन्तरगत ब्रोडवे इन्फोसिसले लक्की ड्र मार्फत पूर्ण छात्रवृत्तिको लागि ३ जना विजेताको नाम छनौट गरेको हो ।

पूर्ण छात्रवृत्तिको सुविधा आर्यन सिग्देल, गौतम तामाङ र कपिल कार्कीले प्राप्त गरेका छन् । विजेताले ब्रोडवे इन्फोसिसमा आफुलाई मनपरेको कोर्स निःशूल्क पढ्न पाउने छन् । विजेतालाई अफिसमा सम्पर्क गर्न समेत ब्रोडवेले आग्रह गरेको छ ।