ब्रोडवे इन्फोसिसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड

29 Jan, 2021
ब्रोडवे इन्फोसिसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड

ब्रोडवे इन्फोसिस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । बेलायतको चर्चित विजनेस म्यागेजिन एपाक इन्साइडरले हरेक वर्ष प्रदान गर्दैं आएको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड यस वर्ष नेपालको ब्रोडवे इन्फोसिसले पाउन सफल भएको हो ।