Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Ekantipur

22 Nov, 2023
Broadway Infosys honored with the ASOCIO 2023 EdTech Award, Ekantipur

काठमाडौँ — सूचना प्रविधिसम्बन्धी प्रशिक्षण प्रदान गर्ने संस्था, ब्रोडवे इन्फोसिस प्रालि यस वर्षको 'एसोसीयो एड-टेक अवार्ड २०२३'  बाट सम्मानित भएको छ ।
नोभेम्बर १३, १४ र १५ मा दक्षिण कोरियाको सोलमा आयोजित कार्यक्रममा ब्रोडवे इन्फोसिसका तर्फबाट प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीले सम्मान ग्रहण गरेका थिए । सूचना र सञ्चार प्रविधिको शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै एशियन–ओसोनियन कम्प्युटिङ उद्योग संगठन (एसोसीयो) ले सो ब्रोडवेलाई सम्मान गरेको विज्ञप्तिमा छ ।