काठमाडौँ, भदौ ६ गते । नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।
ताइवानको ताइपेईमा आयोजित एक विशेष समारोहमा वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एन्ड सर्भिसेस एलायन्सले ब्रोडवे इन्फोसिसलाई उक्त पुरस्कार प्रदान गरेको हो।
सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्दै डिजिटल प्रतिभालाई नवीनता र सीप विकासमा योगदान दिएको कारण ब्रोडवे इन्फोसिसलाई सम्मानित गरिएको क्यान महासङ्घका पूर्वअध्यक्ष रञ्जित पोदारले जानकारी दिनुभयो ।